२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

भालुवाङ बस दुर्घटना ( अपडेट)

प्रधानमन्त्री दाहालकाे निर्देशन : " घाइतेको प्रभावकारी उपचार हाेस् "

शनिवार , पौष २८, २०८०

 
काठमाडौँ, पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाङको भालुवाङमा भएको बस दुर्घटनामा घाइते भएकाहरुको प्रभावकारी उपचारका लागि निर्देशन दिनुभएको छ ।
 
प्रधानमन्त्री दाहालले उद्धार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारका सम्बन्धित निकायलाई निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उहाँले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
 
बाँकेको नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट खसेको थियो । सो दुर्घटनामा परी १२ यात्रुको मृत्यु भएको थियो ।
 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार