२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

भूकम्पपछिको पुनर्निर्माण

प्रधानमन्त्री दाहालले भने  : " छुट्टै संरचना बन्दैन, विगतको शिक्षा लिएर काम गरौं " 

बुधवार , पौष १८, २०८०

 

काठमाडौँ, पुस । २०७२ साल र त्यसपछि गएका भूकम्पबाट शिक्षा लिएर पुनर्निर्माणको काम गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले  प्रतिबद्धता जनाएका छन् ।  उनले पुनर्निर्माणका लागि विगतको जस्तो छुट्टै संरचना भने नबनाउने बताए ।

बुधबार ललितपुरमा आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपत् व्यवस्थापन तथा पुनर्निर्माणसम्बन्धी  अन्तर्क्रियामा बोल्दै प्रधानमन्त्रीले  दाहाललले उक्त कुरा बताएका हुन । 

उनले थपे, 'पुनर्निर्माणको कार्यमा स्थानीय स्रोत साधनको उपयोग र परिचालन, सीप विकास तथा रोजगारी सिर्जनाको अवसर, मौलिक तथा भूगोल र जलवायु अनुकूल बस्ती विकासलाई विशेष ध्यान दिऔँ । '

'प्रभावित क्षेत्रमा क्षतिको आंकलन तथा आवश्यकता पहिचानको काम करिब - करिब सम्पन्न भएको छ। यसका आधारमा उपयुक्त कार्ययोजना तय गरी प्रदेश र स्थानीय तहको अगुवाइ तथा तीनै तहको समन्वयमा पुन निर्माणको कार्य प्रारम्भ गर्नेछौँ। '

हामीले घरहरू मात्रै बनाएर पुग्दैन, त्यहाँ सार्वजनिक संरचनाको पुनर्निर्माण तथा आर्थिक, सांस्कृतिकसहित समग्र पुनर्निर्माणको योजना बनाएर अघि बढ्ने योजना हुनुपर्दछु प्रधानमन्त्री दाहालले भने ।

प्रधानमन्त्री दाहालले पुनर्निर्माणको काम अघि बढाउँदा कर्णाली र सुदूरपश्चिमका जनताको सामाजिक, सांस्कृतिक पहिचान र संस्कृतिको सम्मानका साथै उनीहरूसँगको छलफल र सहमतिका आधारमा निर्णय गर्ने र विपत् व्यवस्थापनमा स्थानीय तहको क्षमता अभिवृद्धि हुने गरी कार्ययोजना बनाउन निर्देशन दिए ।

'२०७२ को गोरखा र सिन्धुपाल्चोकको भूकम्पको अनुभवबाट पाठ सिक्दै नेपाललाई कसरी विपत् र जलवायु परिवर्तन उत्थानशील बनाउने भन्ने चुनौती हाम्रा सामु छ। '

हामी २०७२ मा गठन गरिएको पुनर्निर्माण प्राधिकरण जस्तो छुट्टै निकाय बनाउने बाटोमा जाँदैनौुंप्रधानमन्त्री दाहालले भने,' राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अझै सशक्त बनाउन ऐन परिमार्जन गरेर भए पनि यसलाई साधनस्रोत सम्पन्न गरेर र यस प्राधिकरणको सांगठनिक संरचनालाई मजबुत बनाएर पुनर्निर्माणको काम अघि बढाउँछौं ।

प्रधानमन्त्री दाहालले नेपाल प्राकृतिक दृष्टिले जोखिमयुक्त मुलुक भएको भन्दै विपतको जोखिमबाट बच्न राम्रो पूर्वतयारी आवश्यक रहेको बताए ।

'नेपाल भूकम्पको जोखिमका दृष्टिले उच्च जोखिममा रहेको र नेपालका पश्चिमी क्षेत्रमा ठूला भूकम्पहरू आउन सक्ने सम्भावनाबारे कतिपय विज्ञहरूले भन्दै आएका छन्।' 

वर्ष दिनभित्रै जाजरकोट, बझाङ र डोटीमा गएका भूकम्पले यसको पूर्वसंकेत गरेको छ’ उनले भने ।

प्रधानमन्त्रीले दाहाले विपतको पूर्वजोखिम आंकलन गरी त्यसको तयारीमा जुट्नुपर्नेमा जोड दिए ।‘ विपद पूर्व जोखिमको आंकलन गरी सोहीअनुरूपको संरचना र तयारीका काममा उदासिनता रहने गरेको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार