२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

आजदेखि अंग्रेजी नयाँ वर्ष २०२४   : "  विशेष उमंगका साथ विश्वभर स्वागत "

सोमवार , पौष १६, २०८०

काठमाडौँ, पुस । आज जनवरी २०२४ को पहिलो दिन । अंग्रेजी नयाँ वर्ष २०२४ लाई विश्वभर स्वागत गरिएको छ । नयाँ वर्षको स्वागत विभिन्न देशले विभिन्न प्रकारले गरेका छन् । गरिरहेका छन् । 

विभिन्न सञ्चार माध्यामका अनुसार, सबैभन्दा पहिले न्यूजिल्याण्डमा नयाँ वर्षको स्वागत गरिएको छ । त्यपसछि अष्ट्रेलिया, दक्षिण कोरिया, उत्तर कोरिया र जापानमा नयाँ वर्षको स्वागत गरिएको छ । 

न्यूजिल्याण्डको अकल्याण्डमा स्काइटावरमा १० सेकेन्डको काउन्टडाउनपछि आतिशबाजी शुरु भएको थियो । यो पाँच मिनेटसम्म चलेको थियो । 

अष्ट्रेलियाको हार्बर ब्रिज र ओपेरा हाउस नजिक १२ मिनेटसम्म आतिशबाजी चलेको थियो । सो क्रममा साढे आठ टन पटाखा जलाइएको थियो । 

त्यसको तयारी १५ महिनादेखि चलिरहेको थियो । १० लाख भन्दा बढी मानिस भेला भएका थिए । 

हङकङमा ‘न्यू इयर न्यू लिजेन्ड’ थिममा आधारित रहेर १२ मिनेटसम्म आतिशबाजी गरिएको थियो । त्यहाँका ठूला भवनमा एकैपटक आतिशबाजी भएको थियो । 

३१ डिसेम्बरको मध्यरात १२ बजेपछि दुनियाँभर नयाँ वर्षको स्वागत थालिएको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार