२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मन्त्रिपरिषद् बैठक निर्णय

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय  : " ६८ कर्मचारीको दरबन्दी कटौती गर्ने "

कर्मचारीहरूको अर्को ठाउँमा सरुवा हुने

बिहिवार , पौष १२, २०८०

 

काठमाडौँ, पुस । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत कर्मचारीहरूको ६८ वटा दरबन्दी कटौती गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यालयको पुनःसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत गर्ने निर्णय गरेको हो ।

सो सर्वेक्षण स्वीकृत भएपछि कार्यालयमा कार्यरत ६८ वटा कर्मचारी दरबन्दी कटौती हुने सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन ।  

उनका अनुसार अब त्यसरी कटौती भएको दरबन्दीमा कार्यरत कर्मचारीहरूको अर्को ठाउँमा सरुवा हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि आफूले कार्यभार सम्हालेको वर्ष दिन पुगेको सन्दर्भमा आफ्नै मन्त्रालयको पुनःसंरचना गरेर नयाँ वर्षमा कामको थालनी गर्ने घोषणा गरेका थिए । 

त्यही घोषणा बमोजिम कार्यालयको कर्मचारी व्यवस्थापन नयाँ ढंगले अघि बढेको मन्त्री शर्माले बताइन् ।

त्यस्तै, बैठकले प्राविधिक सीप तथा व्यवसायिक तालिम परिषद्को सदस्य सचिवमा महेश भट्टराईलाई तोक्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार