२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नक्कली भुटानी शरणार्थी प्रकरण

पूर्वगृहमन्त्री खाण धरौटीमा छुटे : " सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइँदै"

अदालतमा ३० लाख रुपैयाँ धरौटी बुझाए

शुक्रवार , मंसिर २९, २०८०

 

काठमाडौँ, मंसिर । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले शुक्रबार काठमाडौं जिल्ला अदालतमा ३० लाख रुपैयाँ धरौटी बुझाएका छन् ।

धरौटी बुझाएर अदालतबाट छुटे पनि खाण प्रहरी नियन्त्रणमै छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियारमा उपस्थित गराइँदै छ । 

विभाग र अख्तियारले पनि बयानपछि धरौटीमा छोड्यो भने मात्र खाण प्रहरी नियन्त्रणबाट बाहिर हुनेछन् ।

उच्च अदालत पाटनले बिहीबार पूर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री खाणलाई धरौटीमा छोड्न आदेश दिएको छ ।

यसअघि न्यायाधीशहरूबीच राय बाझेपछि बिहीबार तेस्रो न्यायाधीश रुपमा कृष्णराम कोइरालले यो यो मुद्दा हेरेका थिए । कोइरालाले छोड्ने पक्षमा राय दिएका थिए ।

उच्च अदालत पाटनले गत १५ मंसिरमा न्यायाधीश जनक पाण्डेले खाणलाई धरौटीमा छोड्नुपर्ने भनी राय दिएका थिए भने न्यायाधीश प्रकाश खरेलले थुनामा पठाउनुपर्ने राय व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार