धनकुटा, मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात भएको छ। बिहीबार दिउँसो धनकुटाको लेगुवा भन्ने ठाउँमा उनीमाथि हातपात भएको हो ।
स्वागत गर्न भन्दै फूलमालासहित लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि हातपात गरेका थिए। प्रहरीले हातपात गर्नेलाई तत्कालै नियन्त्रणमा लिएको छ।
स्वागतका लागि लाइनमा बसेका महेश राईले ओलीमाथि हातपात गरेको देखिन्छ । ती व्यक्तिले मादक पदार्थ सेवन गरेको पाइएको छ।
अध्यक्ष ओली धनकुटा आउने भनेपछि सुरक्षा सर्कता बढाइएको थियो भने एमाले कार्यकर्ता पनि परिचालन गरिएको थियो । स्थानीय सर्वसाधारणलाई बाटोमा हिड्दा समेत निकै कडा गरिएको एक स्थानीयले बताए ।
यसअघि नेकपा एमाले महेश बस्नेतलाइृ झापाको शनिश्चरे र योगेब भट्टराईलाइ ताप्लेजेंगमा कुटपिट भईसकेको छ ।
नेकपा एमाले अध्यक्ष ओली पार्टी निकट युवा संघका केटा परिचालन गरेर उनीहकै संरक्षणभित्र बाहिर निस्ने तथा आवत जावत गर्ने गर्दछन ।
भिडियोमा उनीमाथि फूलमाला पहिर्याइदिन लाइनमा बसेका ब्यक्तिले एक्कासी मुक्का हानेका थिए भने ती मुक्का हान्ने एमाले युवा संघका कार्यकर्ता तथा सुरक्षाकर्मीले कुटपिट गरेका छन ।
मध्यपहाडी लोकमार्गकेन्द्रित पूर्वपश्चिम अभियानका क्रममा आज धनकुटा पुगेका ओलीमाथि हातपात भएको हो ।