२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

 देशभर आजको मौसम

 पश्चिमी वायुको प्रभाव :  ' हिमाली भू-भागमा हिमपात, केही स्थानमा हल्का वर्षा '

तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो

बुधवार , मंसिर २७, २०८०

 

काठमाडौँ, मंसिर । आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बाँकी पहाडी भू-भागमा आंशिक बदली रही तराई भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। 

देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। 

तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार