काठमाडौँ, मंसिर । देशको मूल कानुन संविधान र व्यवस्थाविरुद्ध आवाज उठ्नु दुर्भाग्यपूर्ण भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका छन् ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बाेल्दै नेता लेखकले भने, संविधान र व्यवस्थाका विरुद्ध उठेका आवाजको प्रतिरक्षा गर्न कांग्रेस चनाखो हुनुपर्छ । '
उनले थपे, 'आम जनतामा उठेका असन्तुष्टिलाई सम्बोधन गर्न कांग्रेसले नेतृत्व लिनुपर्ने अवस्थाको विकल्प देखिएन । '
‘हाम्रो शासकीय व्यवस्था नै यस्तो छ कि यो संविधानको व्यवस्था बमोजिम कुनै पनि पार्टीको स्पष्ट बहुमत आउँदैन, गठबन्धनको संस्कृतिमा जानुको विकल्प छैन,’ लेखकले अघि भने, ‘हामी त्यसमै गइरहेका छौँ । कमी कमजोरीहरु छन् ।
केही असन्तुष्टि छ, सरकारले हामीले पार्टीहरुले राम्रोसँग काम गर्न सकेनन् की भन्ने चिन्ता र चासो छ । यसमा नेपाली कांग्रेस गम्भीर हुन जरुरी छ ।’
उनले सरकारले काम गर्न नसकिरहेको भन्दै त्यसबारे दलहरूले गम्भीर समीक्षा गरेर अघि बढ्नुपर्ने बताए ।