२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

एनसेल अनियमितता प्रकरण

सत्ता गठबन्धन दल बैठक  : " सरकारले छानबिन समिति गठन गर्ने  "

कान्तीपुर भन्छ : ' बिक्री ६ अर्ब होईन ६६ मा रहेछ !'

बुधवार , मंसिर २०, २०८०

काठमाडौँ, मंसिर ।  एनसेलको शेयर खरिद बिक्रीमा अनियमितता पाइएपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।  

मंगलबारबसेको  सत्ता गठबन्धन दल बैठकले एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा गम्भीर अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको हो । 

आजको कान्तीपुर दैनिक लेख्छ, छ अर्बमा बिक्री भनेको ६६ अर्ब रहेको खुलासा गरेको छ 
 
बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले शेयर खरिद बिक्रीको सत्य तथ्य पत्ता लगाउन आगामी मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय छानबिन समिति गठन गर्ने जानकारी दिइन् । 

नेपाली कांग्रेसका नेता रमेश लेखकले एनसेल प्रकरणमा सरकारले छानबिन गर्ने निर्णय गरिसकेको बताए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार