२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

 ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’

अभियानको आन्दोलनले उपत्यका घेर्यो : "  आज आठ ठाउँबाट जुलुस, कार्यतालिका सार्वजनिक "

'एमालेले गर्यो गुण्डा परिचालन, नाकाहरूमा मुठभेड हुनसक्ने'

बिहिवार , मंसिर ७, २०८०

 

काठमाडौँ, मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले बिहीबार आठ ठाउँबाट प्रदर्शन गर्ने गरी कार्यक्रम तय गरेको छ । 

बल्खुमा हुने कार्यक्रममा पुग्नका लागि आठ ठाउँबाट जुलुश निकालिने गरी कार्यतालिका सार्वजनिक गरेको हो । 

धार्मिक झण्डा र राष्ट्रिय झण्डा बाहेक अन्य कुनै झण्डा प्रयोग गर्न नपाउने गरी बिहान १० बजेबाट प्रर्दशन शुरु गरिने भएको हो । 

परीक्षा नियन्त्रण कार्यालय बल्खु अगाडिको खुला चौर, भक्तपुर सानोठिमी, गंगबु चोक, स्वयम्भु, कलंकी, जावलाखेल, सातदोबाटो, त्रिवि प्रवेशद्वार अगाडि र चाबहिलबाट जुलुश निस्कने गरी कार्यतालिका सार्वजनिक गरेको हो । 

एमाले निकट युवा संघले पनि बिहीबार नै कार्यक्रम गर्दैछ । संघले मंगलबार र बुधबार साँझ  मशाल जुलुश प्रदर्शन गरेको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रसाईंलाई बल्खु र युवा संघको कार्यक्रम तीनकुनेमा गर्न अनुमति दिएको छ । 

तर दुवै समूहका समर्थकबीच उपत्यकामा भित्रिने नाकाहरूमा मुठभेड हुन सक्ने सुरक्षा निकायको आशंका छ । 

चारवटै सुरक्षा निकायको संयुक्त बैठकपछि उपत्यकामा भित्रिने नाकाहरूमा चेकजाँचमा कडाइ गरिएको छ । 

durga prasai abhiyan.jpeg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार