२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

संविधानविरुद्ध षड्यन्त्र बहस

जनप्रतिनिधिको अधिकार  : "  खोसिन्छ भनेर सरकार त्रासमा ! "

प्रधानमन्त्री दाहाल भने :  "  सबै दल एकजुट होऔँ "

शुक्रवार , मंसिर १, २०८०

 

दमौली (तनहुँ),  मङ्सिर ।  प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’ले जनप्रतिनिधिमा आएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको बताएका छन । 

नेकपा (माओवादी) केन्द्र तनहुँले आज आँबुखैरेनीमा आयोजना गरेको भेटघाट कार्यक्रममा उनले विभिन्न रूपमा हुने षड्यन्त्र विरुद्ध सबै दल एकजुट हुनुपर्नेमा जोड दिए । 

प्रधानमन्त्री दाहालले भने,  “संविधानविरुद्ध षड्यन्त्र भइरहेको छ । एकथरी तत्व कुनै न कुनै रूपले देशमा अराजकता सिर्जना गर्ने अभियानमा लागिरहेका छन् । प्रतिगमनका निम्ति मलजल गरिरहेका छन् ।”

परिवर्तनको रक्षाका निम्ति र देशको सुरक्षाका निम्ति सरकार दृढ रहेको बताउँदै प्रधानमन्त्री दाहालले गठबन्धनमाथि खतरा नरहेको दाबी गरे ।  

उनले भने, “नेपालमा उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायले पाएका हकअधिकार खोस्ने र जनताका प्रतिनिधिको हातमा आएको सत्ता खोस्ने षड्यन्त्रलाई चिर्दै अगाडि बढ्छौँ ।” 

सामन्तको हातमा सत्ता लैजाने दुस्साहस गरिएको उनको भनाइ थियो । पार्टीले जनताका घरघरमा पुग्ने कार्यक्रमसहित रुपान्तरण अभियान अगाडि बढाएको भन्दै प्रधानमन्त्री दाहालले भने, “गण्डकी प्रदेशमा यो अभियान ठिक ढङ्गले अगाडि बढेको छ । अभियानलाई एक महिना विस्तार गरिएको छ ।”

प्रधानमन्त्री दाहालले पार्टी पुनःनिर्माणको विशेष अभियानमा रहेको बताउँदै देशैभरि जनतासँग माओवादी अभियानले जनता माझ माओवादी र देशका लागि औपचारिक अभियान मात्र नरहेको र रणनीतिक अभियानको हिस्सा रहेको बताए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार