२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मन्त्रिपरिषद् बैठक निर्णय

सबै सरकारी कागजात   : "  मंगलबारदेखि नेपाल संवत् उल्लेख गरिँदै "

सोमवार , कार्तिक २७, २०८०

 

काठमाडौँ, कात्तिक ।  सबैखालका  सरकारी कागजातमा सरकारले मंगलबारबाट नेपाल संवत् उल्लेख गर्ने भएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

मिति २०८० । ७। २८ देखि सुरु हुने नेपाल संवत् ११४४ को उपलक्ष्यमा सबै नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्ने । नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत्‌समेत उल्लेख गर्नेु मन्त्रिपरिषद्को बैठकको निर्णयमा छ । 

नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् भएकाले यसलाई सरकारी प्रयोजनमा ल्याउनुपर्ने माग हुँदै आएको थियो ।

 त्यही मागलाई सम्बोधन गर्दै सरकारले मंगलबारदेखि विक्रम संवत् लेखिने सबै कागजातमा पनि नेपाल संवत् राख्ने निर्णय गरेको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार