२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

भूकम्प प्रभावित क्षेत्र

उपप्रधानमन्त्री खड्काले भने : "  समयमै राहत नपाएको गुनासाे, सरकार गम्भीर "

राहत सामग्रीसहित उपप्रधानमन्त्री खड्का रुकुम पश्चिममा

शनिवार , कार्तिक २५, २०८०

काठमाडौँ, कात्तिक । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावित क्षेत्रका सबै पीडितलाई राहत सामग्री उपलब्ध गराउने काम भइरहेको बताएका छन । 
     
भूकम्पपीडित परिवारका लागि राहत लिएर आज रुकुम पश्चिम पुग्नुभएका उपप्रधानमन्त्री खड्काले भूकम्प प्रभावितले समयमै राहत नपाएको विषयमा सरकार गम्भीर भएको उल्लेख गर्दै आइतबारसम्म सबै पीडितलाई राहत सामग्री पु¥याउने बताए ।  

करिब एक हजार दुई सय परिवारलाई पुग्ने त्रिपाल लिएर उहाँ आज प्रभावित क्षेत्रमा पुग्नुभएको हो । 

उपप्रधानमन्त्री खड्काले रूकुम पश्चिम पु¥याएको त्रिपालमध्ये जाजरकोटको भेरी नगरपालिका, रूकुम पश्चिमको चौरजहारी नगरपालिका र मुसिकोट नगरपालिकामा पाँच÷पाँच सय तथा सल्यानको बाँफीकोट गाउँपालिकामा दुई सय ९२ र सल्यानकै त्रिवेणी गाउँपालिकामा पाँच सयवटा वितरण गरिनेछ ।
     
यही कात्तिक १७ गते जाजरकोट केन्द्र भई भूकम्प गए यता उपप्रधानमन्त्री खड्का भूकम्प प्रभावितको उद्धार र राहतमा सक्रिय हुनुहुन्छ ।

 स्थानीय तह र प्रशासन र प्रदेश सरकारसँग समन्वय गर्दै राहत अपुग स्थानमा क्षेत्रमा स्थल र हवाईमार्गमार्फत उहाँ राहत वितरण कार्यमा केन्द्रित हुनुहुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार