२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

भूकम्प प्रभावित क्षेत्र

सञ्चारमन्त्री शर्माले भनिन् : "  एकद्वार प्रणालीबाट राहत वितरण भइरहेको छ "

'राहत र पुनःस्थापनाका गुनासालाई सरकारले गम्भीरताका साथ लिएको छ '

शुक्रवार , कार्तिक २४, २०८०

काठमाडौँ, कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमलगायत जिल्लामा स्थानीय तहको सहमतिका आधारमा एकद्वार प्रणालीमार्फत राहत वितरण भइरहेको बताएकी छन । 
 
नेपाल सरकारद्वारा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता शर्माले सङ्घीयताको असली मर्म अनुरुप स्थानीय तहले पहिलो पङ्क्तिमा रहेर उद्धार र राहत कार्यक्रम भइरहेको जानकारी दिएकी छन । 

मन्त्री शर्माले भूकम्प गएको भोलिपल्ट बिहानै प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुगेर निर्देशन दिए अनुरुप तत्काल आवश्यक समन्वयका साथ उद्धार कार्य प्रभावकारी रुपमा भएको बताएकी छन ।  

उनले भनेकी छन, “राहत र उद्धारमा जे गर्न सकिन्थ्यो त्यो कार्य भइरहेकोछ, राहत र पुनःस्थापनाका विषयमा आएका गुनासालाई सरकारले गम्भीरताका साथ लिएको छ ।” 

विगतको भूकम्पको घटनाबाट पाठ सिकेर स्थानीय तहको अगुवाइमा सर्वदलीय सहमतिका आधारमा एकद्वार प्रणालीका आधारमा राहत वितरणको व्यवस्था गरिएको जनाउँदै मन्त्री शर्माले जात, समुदाय, भूगोल होइन आवश्यकताका आधारमा राहत वितरण भइरहेको बताएकी छन । 

मन्त्री शर्माले बताईन, “पीडामा परेका जनतालाई राहत उपलब्ध गराउनेमा पक्षपातसम्बन्धी विषय सोच्न र कल्पना गर्नसमेत सकिन्न ।”  

पुनःनिर्माणका समयमा नेपाली परम्परा बोकेको रैथाने घर, अरु सामाजिक र सांस्कृतिक सम्पदा संरक्षणमा ध्यान पुर्‍याइने उनले स्पष्ट पारेकी छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार