आज कात्तिक कृष्ण द्वादशीका दिन धनतेरस:भाँडाकुँडा, सुनचाँदी किन्न ग्राहकको भीड
काठमाडौँ, कात्तिक ।आज कात्तिक कृष्ण द्वादशीका दिन तिहार सुरु हुनुभन्दा अघिल्लो दिन आज मनाइने धनतेरस पर्व मनाइँदैछ ।
आजका दिन सुन, चाँदी, तामा र धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राख्ने चलन छ । आजका दिन किनेर ल्याइएको भाँडाकुँडामा कात्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ ।
यसरी पूजा आराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दु धार्मिक विश्वास छ । धनतेरसका दिन सुन चाँदीको गहना किनेर ल्याउने प्रचलन समेत रहेको छ ।
भाण्ड त्रयोदशी समेत भनिने आजका दिन सुन, चाँदी, तामा र धातुका नयाँ भाँडाकुँडा पसलमा ग्राहकको भीड लागेको छ । यसरी पूजा आराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दु धार्मिक विश्वास छ ।
यमपञ्चकको पहिलो दिन आज साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्याअनुसार यमदीप दान सुरु गरिँदैछ। यसरी दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए।
आज धनका अधिपति कुबेरको जन्मदिन हो भन्ने शास्त्रीय एवं पौराणिक मान्यताका आधारमा विशेष पूजाआराधनासमेत गरिन्छ। केहीले आज कुबेरको पूजाआराधना गरे पनि केहीले भने लक्ष्मीपूजाकै दिन कुबेरको पूजाआराधना गर्छन्।