२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

 जाजरकोट भूकम्प

अमेरिकी दूतावासले भन्यो  : "  नेपाललाई आवश्यक सहयोग गर्न  तत्पर छौँ "

भूकम्पमा परी ज्यान गुमाएकाप्रति दुःख व्यक्त

शनिवार , कार्तिक १८, २०८०

 

काठमाडौँ, कात्तिक । यहाँस्थित संयुुक्त राज्य अमेरिकी दूतावासले गएराति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूको खबरप्रति दुःख व्यक्त गरेको छ । 

यस भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर रहेको दूतावासले जनाएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दू भएर शुक्रबार राति ११ः४७ बजे गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ । 

भूकम्पका कारण हालसम्म एक सय ३८ जनाको ज्यान गइसकेको छ भने ठूलो मात्रामा भौतिक क्षति भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार