२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

जाजरकोट भूकम्प  : "   मृत्यु हुनेको संख्या १२८ पुग्यो, १४१ घाइते "

शनिवार , कार्तिक १८, २०८०

वीरेन्द्रनगर, कात्तिक । जाजरकोट केन्द्रविन्दू बनाएर शुक्रबार राति आएको भूकम्पमा परेर १२८ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन्।

कर्णाली प्रदेश प्रहरीका अनुसार बारेकोट गाउँपालिका - १, रामीडाँडामा ४४ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्।

त्यस्तै रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ भने ८५ भन्दा बढी घाइते भएका छन् ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११स्४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट पश्चिम नेपाललमा सयौँ घरसमेत भत्किएका छन् । 

मध्यरातमा भूकम्प गएका कारण क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार