२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

राज्य व्यवस्था समिति बैठक

अध्यक्ष केसीले भने : 'समानुपातिक निर्वाचन प्रणाली, औचित्यमाथि पुनर्विचार गरौं ' 

' वर्तमान निर्वाचन प्रणालीबाट योग्य, क्षमतावानले निर्वाचन जित्न सक्दैनन् '

बुधवार , कार्तिक १५, २०८०

 

काठमाडौँ, कात्तिक । समानुपातिक निर्वाचन प्रणालीबाट धनाढ्य र पहुँचवाला मात्र सांसद निर्वाचित भएको भन्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले यसको औचित्यमाथि विचार गर्नुपर्ने बताएका छन् ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै अध्यक्ष केसीले निर्वाचन प्रणाली खर्चिलो भएको बताएका हुन् । उनले वर्तमान निर्वाचन प्रणालीबाट योग्य, क्षमतावान र राम्रो मान्छेले सपनामा पनि निर्वाचन जित्न नसक्ने उल्लेख गरे । 

समानुपातिक निर्वाचन प्रणाली दलित, जनजाति तथा विपन्न समुदायहरुका लागि राखिएको भएपनि धनाढ्य र पहुँचवाला सांसद बन्ने गरेको बताए ।

‘चुनाव यति खर्चिलो भयो कि अब योग्य, क्षमतावान, राम्रो मान्छेले चुनाव सपनामा पनि जित्न सक्दैन । विपनाको कुरा छाडिदिउँ । यसमा राजनीतिक पार्टी नै जिम्मेवार छन् । 

आयोगले पनि राम्रोसँग चुनावको अनुगमन गरेको छैन । समानुपातिक निर्वाचन प्रणाली डरलाग्दो कुरा भयो । 

समानुपातिक राखेको त दलितहरु, विपन्न समुदाय, जनजाति, त्यस ठाउका जसले सदनमा आउनै सक्दैनन् त्यस्तो मान्छेका लागि हामीले समानुपातिक राखेका हौुं उनले भने,ुतर समानुपातिकमा त पार्टी भित्रका सबभन्दा धनाढ्यहरु, पहुँचवाला आएपछि समानुपातिकको औचित्य के ? यसमा गम्भिर रुपले विचार गर्नुपर्छ । 

समानुपातिकमा पटक–पटक शक्ति,र सम्पत्ति भएका दोहोरिएर आउने हो भने समानुपातिकको औचित्य रहन्न ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार