२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मन्त्रिपरिषद बैठक 

उपप्रधानमन्त्री श्रेष्ठ अस्वस्थ :  स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीको ‘ ब्रिफिङ’ 

बेइजिङस्थित पेकिङ युनियन मेडिकल कजेजमा उपचार हुँदै

बिहिवार , कार्तिक २, २०८०

 

काठमाडौँ, कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गरेका छन ।  

आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गराएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन ।   

चीनमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई गएराति सामान्य प्रकारको हृदयाघात भएको थियो । प्रधानमन्त्री दाहालले उनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कजेजमा उपचार भइरहेको जानकारी गराएको मन्त्री शर्माले बताएकी छन ।  उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको मन्त्री शर्माले जानकारी दिएकी छन । 

“प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे चीनका लागि नेपाली राजदूतसँग जानकारी लिइराखिएको जनाइएको  छ । 

उपचारका क्रममा केही दिन उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा नै रहने जानकारी आएको छ”, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री शर्माले बताएकी छन ।  

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय मानवअधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । 

बैठकमा नेपाल र इजिप्टबीचको युवा तथा खेलकुदसम्बन्धी समझदारी पत्र स्वीकृत गरी सो पत्रमा समकक्षी मिलाइ हस्ताक्षर गर्न युवा तथा खेलकुद मन्त्रालय तथा नेपाल र कतारबीच हुने सञ्चारसम्बन्धी समझदारी स्वीकृति गर्ने र उक्त समझदारी पत्रमा समकक्षी मिलाइ हस्ताक्षर गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई अख्तियारी दिइएको मन्त्री शर्माले जानकारी दिएकी छन ।  

बैठकले नजिकिएको चाडपर्व दसैँ, तिहार, नेपाल संवत्, छठलगायत राष्ट्रिय पर्वका अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार