२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मौसम पूर्वानुमान महाशाखा भन्छ

पश्चिमी वायुको आंशिक प्रभाव  : 'दसैँमा मौसम सामान्यतया सफा रहने '

पहाडी भेगका एक/दुई स्थानमा बदली र हल्का वर्षा हुने

बिहिवार , कार्तिक २, २०८०

 

काठमाडौँ, असोज । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यसपालीको दसैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।  महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैँमा मौसम सफा रहने जानकारी दिएका छन ।  

“दसैँमा मौसम सफा रहने देखिन्छ । देशका पहाडी भेगका एक/दुई स्थानमा बदली र हल्का वर्षा रहेपनि सामान्यतया मौसम राम्रो रहने देखिन्छ”, उनले भने ।

महाशाखाले आज साँझ या भोलि शुक्रबार दसैँको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ ।  मौसमी अवस्थाबारे विज्ञहरुबीच छलफल भइरहेकाले छिट्टै दसैँ बुलेटिन आउने मौसमविद् लामिछानेले बताए ।  

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसका कारण अहिले देशका पहाडी भू-भागका एक / दुई स्थानमा मेघगर्जन र चट्याङगसहित हल्का वर्षाको सम्भावना छ । 

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक / दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एकरदुई स्थानमा मेघगर्जन/ चट्याङगसहित हल्का वर्षाको सम्भावना छ । 

भोलि शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जन / चट्याङगसहित हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार