भक्तपुर, असोज । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमार्फत् प्राप्त उपलब्धिहरूलाई हल्लाउने प्रयास भइरहेको बताएका छन् ।
मंगलबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कतिपय काम र निर्णयमा टेकेर संविधान हल्लाउने प्रयास भइरहेको र संघीय कानून बनाउने कुरामा आफूहरु पनि चुकिरहेको उल्लेख गरे ।
२०७२ सालमा जारी गरेको संविधानपछिको ८ वर्षको अवधिमा सम्पूर्ण राजनीतिक दलको ध्यान संघीय ऐन बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा त्यो हुन नसकेको बताए । संघीय कानून पहिलो प्राथमिकतामा राख्नुपर्ने भएपनि अहिलेसम्म अल्मलिएको उनको धारणा थियो ।
'संविधान जारी गर्दा हामीले संविधान सभाका अगाडि संविधान सभामार्फत सिंगो नेपाली जनताहरु समक्ष संसारका लोकतन्त्रवादीहरुलाई दिएको विश्वास र वचन पूरा गर्ने प्रक्रिया बाँकी छ ।'
संविधानलाई संशोधनमार्फत् समृद्ध गर्दै लैजानु पर्ने काम बाँकी छ' उनले भने, ' सिंगो मुलुकलाई संविधानसँग जोड्ने कर्तव्य बाँकी रहेको उनले उल्लेख गरे ।'
अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई विभिन्न बहानामा, विभिन्न कारणले हामीले गरेका कतिपय कामबाट, कतिपय निर्णयबाट तिनै कुरालाई बोकेर मुद्दा बनाएर संविधानलाई हल्लाउने कोसिस भइरहेको छु उपप्रधानमन्त्री खड्काले भने,' 'संविधानलाई चलाउने कोसिस भइरहेको छ ।'
संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमार्फत प्राप्त उपलब्धिहरुलाई हल्लाउने प्रयास भइरहेको छ ।ु २०७२ सालमा जारी गरेको संविधानपछिको ८ वर्षको अवधिमा सम्पूर्ण राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्नेमा अन्य कुरामा अल्मलिएको उनले बताए ।