२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मौसम पूर्वानुमान महाशाखा भन्छ

मनसुन १३ दिन ढिलो गरी बाहिरियो  :  " अब  हिमपातको सम्भावना "

सोमवार , आश्विन २९, २०८०

काठमाडौँ, असोज ।  नेपालमा गत जेठ ३१ गते भित्रिएको यस वर्षको मनसुन आजदेखि बाहिरिएको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकामा यस वर्ष १३ दिन ढिलो गरी मनसुन बाहिरिएको हो । 

यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ । यही असोज १९ गतेदेखि मनसुन क्रमिक रूपमा बाहिरिन शुरु गरेको थियो ।

यसैबीच पश्चिमी न्यून चापीय प्रणालीको कारण आजदेखि नेपालको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

हाल देशको पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहेको छ।

कोशी, बागमती , गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा मेघ गर्जन चट्याङ वर्षाको सम्भावना रहेको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार