२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

इजरायलमाथि आतंकबादी आक्रमण

आक्रमणमा १० नेपालीको मृत्यु :  'शव ल्याउन आज विमान इजरायल जाने'

नेपाल एयरलाइन्स आज राति ११ बजे उड्ने : ' दुबइ  हुँदै इजरायल पुग्ने '

बुधवार , आश्विन २४, २०८०


काठमाडौँ, असोज । इजरायलबाट १० जना नेपालीको शव ल्याउन आज राति ११ बजे नेपाल एयरलाइन्सको विमान त्यसतर्फ जाने भएको छ ।

नेपाल एयरलाइन्सको जहाज आज राति ११ बजे उड्ने र दुबइ ट्रान्जिट हुँदै इजरायल पुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिएका छन ।  

यही असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने स्थानमा प्यालेष्टाइनी लडाकू समूह हमासको आक्रमणमा परी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका १० नेपाली विद्यार्थीहरुको निधन भएको थियो ।

यसैगरी आक्रमणमा परेर सम्पर्कबिहीन भएका कञ्चनपुर महेन्द्रनगरका विपिन जोशीको खोजी जारी छ । 

इजरायलस्थित नेपाली दूतावासले आक्रमणपछि सकुशल अवस्थामा उद्धार गरिएका विपिनसँगै बस्दै आएका एक विद्यार्थीमार्फत विभिन्न अस्पतालमा खोजी गरिरहेको जनाएको छ ।

दूतावासले बुधबार बिहान परराष्ट्र मन्त्रालयलाई अस्पतालहरुमा खोजी गर्दा विपिन फेला नपरेका र खोजीका लागि इजरायली प्रहरीको सहयोग मागिएको जानकारी गराएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार