२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुन तस्करी प्रकरण 

राहुल महरासहित चार जनाविरुद्ध मुद्दा  : ' सङ्गठित अपराध, भन्सार छलीको कसुर'

बुधवार , आश्विन २४, २०८०

 

काठमाडौँ असोज ।  विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल (रेशमबहादुर) सहित चार जनाविरुद्ध आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । 

सङ्गठित अपराध, भन्सार छलीलगायत कसुर गरेको आरोपमा निजविरुद्ध मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले बताएका छन । 

उक्त कसुर गरेको आरोपमा राहुलसहित काठमाडौँका लोकेन्द्रकुमार पौडेल, कपुरधारा बस्ने बेल्जियमका नागरिक दावा छिरिङ, काठमाडौँको बौद्धका निमा गुरुङविरुद्ध अभियोजन दर्ता भएको सहन्यायाधिवक्ता नेउपानेले बताए । 

अभियुक्त निमा हाल फरार छन भने दावा ६१ किलो सुन तस्करीका आरोपी समेत हुन्। 

अघिल्लो वर्ष २०७९ पुस १० गते दुबईबाट भेपमा लुकाएर करिब नौ किलो सुन तस्करी भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार