२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

 प्रतितिधिसभा  राज्यव्यवस्था  समिति बैठक

अख्तियारप्रति आमजनताको धारणा :  " ठूलो काण्ड मिलाइदिन्छ, ढाकछोप गर्छ "

महामन्त्री थापाले भने : 'अख्तियारमा नियुक्तिको मापदण्ड बदल्नुपर्छ' 

बुधवार , आश्विन २४, २०८०

 

काठमाडौँ, असोज ।  भ्रष्टाचारका ठूला घटना अख्तियारले मिलाइदिन्छ भन्ने सुन्ने गरिएको कांग्रेस महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले बताएका छन् । 

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा बुधबार  अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकको छलफलमा थापाले अख्तियारको पदाधिकारी नियुक्तिमा भागबन्डा हुने गरेकाले ठूला काण्ड मिलाउँछ भन्ने गरिएको बताए ।

अख्तियारमा नियुक्तिको मापदण्ड बदल्नै पर्ने पनि थापाको भनाइ छ । 'विधेयक जस्ताको त्यस्तै पारित गरेर पठायो भने अपेक्षा पूरा हुन्न । जरामै समस्या छ । 'नियुक्तिको भागबन्डा छ ।

'नियुक्तिको मापदण्ड नबदली परिणाम दिँदैन । नियुक्तिमा सार्वजनिक सुनुवाइ हुनुपर्छ । संवैधानिक परिषद्मा कानुन संशोधन गर्नुपर्छ,' थापाले भने । सांसद थापाले नीतिगत निर्णयका लागि छुट्टै कानुन बनाउनुपर्ने पनि बताए ।

त्यस्तै पछिल्लो समय अख्तियारको कार्यक्षमतामाथि प्रश्न उठ्ने गरेको पनि उनले बताए । 'नीतिगत निर्णयको छुट्टै कानुन बनाउनुपर्छ। क्याबिनेटले सबै नीतिगत निर्णय गर्दैन । अख्तियारको कार्यक्षमतामाथि प्रश्न उठ्यो ।' 

'अख्तियारमा निजामती सेवाबाट होइन, विशेष सेवाबाट जाने व्यवस्था बनाउनुपर्छ । ठूला काण्डलाई मिलाइ दिन्छ, ढाकछोप गर्छ भन्ने धारणा बनेको छ,' थापाले भने ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार