२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

इजरेलमाथि आतङ्कवादी आक्रमण

नेपालले गर्‍यो भर्त्सना : " ३ नेपाली सम्पर्कविहीन, खोजी निरन्तर "

आइतवार , आश्विन २१, २०८०

काठमाडौँ , असोज । इजरायलमा भएको आतङ्कवादी आक्रमणको गैर आवासीय नेपाली सङ्घले  भर्त्सना गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै हमासले गरेको आक्रमणप्रति  भर्त्सना गरेको हो ।

गैर आवासीय नेपाली सङ्घ इजरायलका जनता र सरकारका साथै यस निर्मम आक्रमण प्रभावित पीडित एवं परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ,विज्ञप्तिमा भनिएको छ । जसमा नौ नेपाली पनि घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तीमध्ये दुई जनाको अवस्था गम्भीर भएको जनाएको छ । १४ नेपालीले काम गरिरहेको फार्ममा भएको आक्रमणमा उनीहरु परेको पनि नेपाली दूतावासले जनाएको छ ।

नेपालीको सुरक्षा, र उद्धारका साथै घाइतेको उपचारका लागि गैर आवासीय नेपाली सङ्घले राजदूतावास र त्यहाँस्थित सक्रिय नेपाली संघसंस्थाहरुसँग निरन्तर समन्वय गरिरहेको पनि सङ्घले जनाएको छ । उक्त आक्रमणमा परी दुवैतर्फ कम्तीमा तीन सयको ज्यान गएको  विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

 

384853352_228017340262649_7270840312426759881_n_6gp2Uqrwhs.webp
undefined

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार