२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठक

संसदीय समितिले सरकारलाई  भन्याे :  "  चिनियाँ जहाजबारे सम्पूर्ण विवरण लेउ " 

चिनियाँ जहाज कसरी नेपाल वायुसेवाको भाग बन्यो ?

बिहिवार , आश्विन १८, २०८०

 

काठमाडौँ, असोज । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । 

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकको निर्णय सुनाउँदै समितिका सभापति राजकिशोर यादवले नागरिक उड्डयनसम्बन्धित दुईवटा विधेयकको बारेमा पनि आगामी समितिको बैठकमा पूर्ण जानकारीसहित उपस्थित हुन निर्देशन दिएका हुन् ।

‘चिनियाँ जहाजको बारेमा अर्को बैठकमा, कति सालमा, के समयमा ? कतिमा खरिद भयो ? र कसरी हाम्रो नेपाल वायुसेवा निगमको पार्ट बन्न पुग्यो ? त्यसको बाहिर टेक्निकल्ली कुन कुन देशले किनेको छ ? के रहेछ ? इन्डिटेल कसरी जाने ? भन्ने बारेमा समितिलाई जानकारी गराउन निर्देशन दिन्छु,’ उनले भने ।

मन्त्रालयले समितिलाई चिनियाँ जहाज कसरी नेपाल वायुसेवाको भाग बन्यो भन्नेबारेमा पनि जानकारी गराउनुपर्ने सभापति यादवले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार