काठमाडौँ, असोज । हाल देशभर जातीय र धार्मिक सद्भावमा खलल पुग्ने गतिविधिले उग्र रुप लिएको र त्यस्ता गतिविधि रोक्न सरकारले आग्रह गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जातीय र धार्मिक सद्भावमा खलल पुग्ने कार्य नगर्नरनगराउन आग्रह गरेको हो ।
आज बसेको सो बैठकमा उपस्थित मन्त्रीहरुले देशमा उत्पन्न बिकराल परिस्थिातिबारे छलफल भएको र छलफलमा मन्त्रीहरुले देश गम्भीर मोडमा पुगेको, नियन्त्रणमा ल्याउन नसके सरकारले उत्पन्न परिस्थितिको सामना गर्ननसक्ने अवस्थामा पुग्ने एक मन्त्रीले डेमोखबरलाइ जानकारी दिएका छन ।
हाल पूर्वी क्षेत्रमा पहिचानको आन्दोलनले उग्र रुप लिएको छ भने धार्मिक विवाद चरममा छ । त्यसैगरी नेपालगञ्जमा पनि हिन्दु मुस्लिम दंगा पनि भड्केको छ ।
देशमा जातीय, धार्मिक र पहिचानको आन्दोलन नियन्त्रणभन्दा बाहिर जान लागेको बिश्लेषण गरिएको पनि ती मन्त्रीले बताए । बैठकले सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न पनि सरकारले आग्रह गरेको छ ।
मुलुकका विभिन्न ठाउँमा पछिल्लो समय जातीय र धार्मिक सद्भाव खल्बलिने घटना भइरहेको बेला मन्त्रिपरिषद्को बैठकले उक्त आग्रह गरेको हो ।
विचार तथा अभिव्यक्ति स्वतन्त्रतालगायतका संविधान प्रदत्त मौलिक हकको सम्मान गर्दै सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई सकारात्मक तथा मर्यादित बनाउने सन्दर्भमा सामाजिक सञ्जाल सञ्चालक र प्रयोगकर्ताले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभीमान वा राष्ट्रिय हित वा संघीय एकाईबीचको सुसम्बन्धमा प्रतिकूल असर हुने काम नगर्न पनि आग्रह गरेको छ ।
वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै अरु कुनै आधारमा घृणा, द्वेष वा अवहेलना हुने कुनै काम कारबाही नगर्न नगराउनुहुन एवं विभिन्न जात, जाति वा सम्प्रदाय बीचको सम्बन्धमा खलल पुग्ने गतिविधि नगर्नरनगराउनु हुन सम्बन्धित सबैमा नेपाल सरकार हार्दिक अनुरोध गर्दछ,ु मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।
सामाजिक सञ्जाल प्रयोग गर्दा आधारहीन सूचना राख्नबाट बच्न पनि सरकारले सचेत गराएको छ । ुसामाजिक सञ्जाल प्रयोग गर्दा आधारहिन कुरा राख्ने, व्यक्तिको प्रतिष्ठा, आत्मसम्मान, गोपनीयता तथा चरित्रमा आघात पुर्याउने, जातीय भेद्भाव, छुवाछूतलाई दुरुत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, अपराध दुरुत्साहन गर्ने, शान्ति सुरक्षा भंग हुने कार्यलाई बढावा दिने वा प्रचलित कानुन बमोजिम प्रकाशन वा प्रसारण गर्न रोक लगाएका कुरा प्रसारण वा सम्प्रेषण गर्ने वा सार्वजनिक सदाचार र नैतिकताको प्रतिकूल हुने सामग्री प्रकाशन वा प्रसारण जस्ता कार्य नगर्न नगराउन समेत नेपाल सरकार हार्दिक अपिल गर्दछ,ु मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।