२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

जल तथा मौसम विज्ञान विभाग भन्छ

देशभर तीन दिन भारी वर्षा  : ' मनसुन न्यून चापीय रेखा सरदर स्थानमा'

यी प्रदेशमा अधिक वर्षा हुँदै, जोगिन आग्रह

सोमवार , आश्विन १५, २०८०

 

काठमाडौं, असोज ।  देशभर अबको तीन दिन पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा  आजदेखि बुधबारसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले उल्लेख गरेको छ ।  

हाल देशभर सामान्य बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

आज कोशी, मधेस र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश बाहेकका प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

भोलि मङ्गलवार सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

बुधबार कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । पाँच प्रदेशमा भारी वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम विभागको अनुरोध छ । 

वर्षाका समय नदीको जल सतह हल्का बढ्न सक्ने, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकाले जोगिन आग्रह गरेको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार