काठमाडौँ, असोज । सरकार मूल्यवृद्धि नियन्त्रणको प्रयत्न नगरेको सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।
अध्यक्ष नेपालले आज, बिहीबार, पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भने, मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले राम्रो प्रयत्न नै गरेको देखिएन ।
अध्यक्ष नेपालले थपे, मूल्यवृद्धि हुनुपर्ने कुनै औचित्य नहुँदा पनि मूल्यवृद्धि भइरहेको भन्दै उनले यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
उनले मूल्यवृद्धि नियन्त्रणको सम्बन्धमा एकीकृत समाजवादीले संसद् चल्दा आवाज उठाइरहेको र संसद् नहुँदा पनि विभिन्न माध्यमबाट सरकारको ध्यानाकर्षण गराइरहेको उल्लेख गरे ।
उनले भने, ‘यसरी अन्धाधुन्ध मूल्यवृद्धि भइरहेको छ, त्यसलाई नियन्त्रण गर्ने सरकारको राम्रो प्रयत्न भइरहेको देखिँदैन । अन्धाधुन्ध भाउ एकैचोटी बढाउने । कुनै औचित्य छैन त्यसमा । थोरै(थोरै बढाउनु त एउटा कुरा होला ।
त्यो बढाउँदा पनि कहीं छलफल गर्नुपर्ने होला । तर जसरी आफ्नो हिसाबले बढाउने काम भइरहेको छ, यस सन्दर्भमा सरकारको ध्यान हामी पनि आकर्षित गराउन चाहन्छौं ।’
आवश्यक कुराहरु विधेयक संशोधन गरेर वा नीतिमा मिलाएर शिक्षकहरुलाई न्याय प्रदान गर्नुपर्ने उनको भनाइ थियो ।