२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुन तस्करी प्रकरण 

सभापति लामिछानेले भने  : "  सत्तारुढ दलका नेतामाथि गहिरो अनुसन्धान भएन "

'अनुसन्धानले सुनपानी छर्किने काम  भएको छ '

आइतवार , आश्विन ७, २०८०

 

" जति पनि नामहरु आए उनीहरुले आफूले प्रयोग गर्ने फोन दिएनन् अर्को फोन दिए भन्ने कुरा सार्वजनिक गरियो । गृहमन्त्रीले प्रहरीलाई कन्फिडेन्ट दिन नसक्नुभएको हो ? यो स्पष्ट पार्नुपर्‍यो ? "

 

काठमाडौँ, असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरुमाथि गहिरो अनुसन्धान नभएको आरोप लगाएका छन् 

आइतबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरुमाथि गहिरो अनुसन्धान नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

अनुसन्धान हेर्दा ुभद्दा मजाकु जस्तो देखिएको उनको टिप्पणी थियो । साथै सरकारले गर्ने अनुसन्धान ‘बम’ होला भन्ने अपेक्षा आफूहरुले गरे पनि सलाइको काँटी जति पनि नपड्किएको उनले टिप्पणी गरेका थिए । 

शंकाको घेरामा रहेका व्यक्तिहरु मोबाइल फर्म्याट गरेर प्रहरीकोमा पुगेको भन्दै उनले प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको आशंका पनि व्यक्त गरेका थिए ।

‘जुन आशा र अपेक्षाका साथ अनुसन्धानको समय गरियो, त्यो अनुसन्धानका कुराहरु हेर्दा भद्दा मजाक जस्तो भएर गयो । आज देखिएका मान्छेहरुले, मैले त्यतिखेरै भनेको थिएँ कि जब तीन दिनपछि यो अनुसन्धानमा पुग्यो । त्यो समय किन दिइएको ?  सन्दिग्ध मान्छेहरुलाई भाग्ने समय दिइयो कि ? मोबाइल फर्म्याट गर्ने समय दिइयो कि के गरिएको भन्ने थियो ? मलाई दुःख लागेको छ । 

कान्तीपुर लेख्छ,   सत्तारुढ दलका नेताहरुको नाम आउने बित्तिकै जुन ढंगले त्यो अनुसन्धान त बम होला भन्ने सोचेको थिएँ त्यो पटका पनि भएन । सलाइको काँटी जति पनि पड्किएन,ु लामिछानेले भनेका छन् ।

यस प्रकरणमा नाम जोडिएका व्यक्तिहरूले नियमित प्रयोग गर्ने फोन नदिएर अन्य फोन अनुसन्धान टोलीलाई दिएको खबर सार्वजनिक भएको स्मरण गराउँदै उनले अनुसन्धानको विश्वसनीयतामाथि प्रश्न उठाएका थिए । यस क्रममा राजनीतिक हस्तक्षेप भएको पनि आशंका उनले व्यक्त गरेका थिए ।

यस्तै गृहमन्त्रीले पार्टीको दबाब थेग्न नसकेका हुन् कि भनेर पनि उनले आशंका व्यक्त गरेका थिए ।

सांसद लामिछानेले भनेका छन्, 'जति पनि नामहरु आए उनीहरुले आफूले प्रयोग गर्ने फोन दिएनन् अर्को फोन दिए भन्ने कुरा सार्वजनिक भएको छ । '

प्रहरी केही गर्न चाहान्छ, राजनीतिक हस्तक्षेप भयो, के भयो कुन्नि मिडिया ट्रायल गरेर सूचना लिक गर्ने बाध्यतामा पुगेको छ । त्यो कन्फिडेन्ट गृहमन्त्रीज्यूले प्रहरीलाई दिन नसक्नुभएको हो कि ? अथवा पार्टीभित्रको दबाब तपाइँले थेग्न नसक्नुभएको हो ? यो स्पष्ट पार्नुपर्‍यो । 

अनुसन्धानले सुनपानी छर्किने काम भएको महसुश भएको छ । जति पनि सत्तारुढ दलका मानिसहरुको नाम आएको छ, ती नामहरुमा गहिरोसँग अनुसन्धान नै भएन । सीआईबीको क्षमतामा मलाई अहिले पनि प्रश्न छैन । 

मलाई शंका राजनीतिक दल र नेताहरुले दबाब दिए कि, प्रभावमा पारे कि भन्ने लागेको छ । कयौं अनुसन्धान अपुरो भयो । अपुरो अनुसन्धान भएपछि अदालतले गर्ने आदेश आलोचित हुन्छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार