२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मौसम विज्ञान विभाग भन्छ

देशभरको मौसम :  " अबका तीन दिनसम्म भारी बर्षा हुने,  जोगिन आग्रह "

तराईका केही स्थानमा हावा हुरीको सम्भावना

आइतवार , आश्विन ७, २०८०

काठमाडौं, असोज ।  जल तथा मौसम विज्ञान विभागले  अबका तीन दिन भारी वर्षा हुने  बताएको छ ।  हाल देशभर लगायतको मौसमबारे जानकारी दिदै महाशाखाले  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षा हुने जनाएको छ ।  

राति कोशी, मधेस र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ भने मधेस र कोशी प्रदेशको तराई भू भागका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको जनाएको छ।

सोमबार कोशी, मधेस र बागमती प्रदेशहरूका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेस र बागमती प्रदेशको एक / दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

राती कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। 

साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। 

महाशाखाले मेघ गर्जन चट्याङ र तराईमा हावा हुरीको जोखिम रहने हुँदा सोबाट हुन सक्ने क्षतिबाट बच्न आग्रह गरेको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार