२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

शिक्षा बिधेयक बिबाद

सरकार -  शिक्षकबीच आज पनि वार्ता हुँदै  : सहमति जुट्ने बिश्वास "

शुक्रवार , आश्विन ५, २०८०

काठमाडौँ, असोज । संसदमा बिचाराधीन बिधेययक बिरुद्ध सडकमा उत्रेका नेपाल शिक्षक महासङ्घ र सरकारबीच आज  पनि वार्ता हुँने भएको छ ।  बिहीबार साँझ बसेको छलफलमा सहमति  जुटेन नसकेपछि आज फेरि वार्ता बस्न लागेको हो । 

 कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङका अनुसार आज बस्ने वार्तामा सहमति हुने विश्वास ब्यत्त गरेका छन ।  उनले थपे, “उहाँहरूले जुन माग राख्नुभएको थियो, त्यसैमा रहेर बिहीबार छलफल भएको छ । शुक्रबारसम्म टुङ्गिन्छ।'

हिजोको वार्तामा शिक्षकका मागमाथि रहेर बुँदागत छलफल भएको थियो ।

संसद्मा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ ।  जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्ने सहितका माग छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले पनि बिहीबारको छलफल सकारात्मक रहेकाले समस्याका समाधान हुनेमा आशावादी रहेको बताए । 

बिहीबारको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थ मन्त्री डा प्रकाशशरण महत पनि वार्तामा सहभागी थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार