२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

संबिधान दिबस 

कांग्रेस  सभापति देउवाले भने :  " संविधान पूर्ण कार्यान्वयनको चरणमा "

बुधवार , आश्विन ३, २०८०

 

काठमाडौँ, असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा बाँधेर राख्न सफल भएको बताएका छन् ।

संविधान जारी भएको आठ वर्ष पूरा भएको अवसरमा बुधबार शुभकामना व्यक्त गर्दै सभापति देउवाले संविधानको व्यवस्था बमोजिम कानुनहरू निर्माण भएर संविधान पूर्ण कार्यान्वयन हुने चरणतर्फ अघि बढेको समेत दाबी गरेका छन् ।

ऐतिहासिक जननिर्वाचित संविधानसभा मार्फत संविधान निर्माण भई जारी भएको आज ८ बर्ष पुरा भएर ९ बर्षमा प्रवेश गरेको छ । 

यो अवधिमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन सम्पन्न भई तीनै तहले दोस्रो कार्यकालको रुपमा काम गरिरहेका छन् ।

नयाँ संविधान अनुसार विभिन्न ऐन/ कानुन निर्माण सम्पन्न भई संविधान पूर्ण कार्यान्वयन तर्फ अघि बढेको छ,' देउवाले शुभकामना सन्देशमार्फत भनेका छन्, 'नयाँ संविधान अनुसारको स्थानीय, प्रदेश र केन्द्र तीनै तहका सरकार जनताको अपेक्षा अनुसारको काम गर्न अग्रसर देखिएका छन् ।'

सभापति देउवाले संविधानले लोकतन्त्रको जग बलियो बनाउँदै अमन चयन र शान्ति स्थापना गर्नेमा सफलता हासिल गरेको समेत दाबी गरेका छन् ।'लोकतान्त्रिक संविधानले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको छ ।' 

संवैधानिक अभ्यासमा भएका कमी–कमजोरी सच्चाउँदै संविधानको व्यावहारिक कार्यान्वयनमा विशेष ध्यान दिएर अघि बढ्नुपर्ने जिम्मेवारी छ,' देउवाले अघि भनेका छन्, 'सबै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र र विभिन्न पेशाकर्मीहरूको सामूहिक प्रयत्नबाट अब मुलुकलाई समुन्नत देशको रुपमा अघि बढाउनुपर्ने दायित्व हामी सबैको काँधमा आएको छ ।'

उनले संविधानको सफल कार्यान्वयन गरेर जनतालाई न्याय, सुशासन, समानता, सुख एवं समृद्धिसहितको समुन्नत मुलुक बनाउन सबैले आपसमा हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार