२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

संविधान दिवस आज

राष्ट्रपतिको कदम  :  "  ६७० कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा "

बुधवार , आश्विन ३, २०८०

 

काठमाडौँ, असोज । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल ६७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ ।

उनले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वोच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिसअनुसार यही असोज ३ गतेदेखि लागू हुने गरी माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार