काठमाडौँ, असोज । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले समझदारी‚ विश्वास र सद्भावनालाई बढावा दिने जनता - जनताबीचको गहिरो सम्बन्ध नै अमेरिका- नेपाल मित्रताको आधारशिला भएको बताएका छन् ।
संविधान दिवसको शुभकामना दिँदै विदेशमन्त्री ब्लिंकेनले यो विदेश दिन मनाउने क्रममा दुई राष्ट्रबीच शान्ति‚ सहयोग र पारस्परिक समृद्धिलाई प्रवर्द्धन गर्ने प्रतिबद्धतालाई नयाँ उचाईमा पुर्याउन चाहेको समेत बताए ।
नेपालको संविधान दिवसको अवसरमा म संयुक्त राज्य अमेरिकाको तर्फबाट सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।
यो नेपालले गरेको उल्लेखनीय प्रगति र हाम्रा राष्ट्रहरूबीचको बलियो मित्रतालाई कदर गर्ने क्षण हो‚’ उनले लेखेका छन्‚ ‘समझदारी, विश्वास, र सद्भावनालाई बढावा दिने जनता(जनता बीचको गढिलो सम्बन्ध नै हाम्रो द्विपक्षीय मित्रताको आधारशिला हो ।
हामी यो विशेष दिन मनाउने क्रममा हाम्रा दुई राष्ट्रहरू बीच यी अमूल्य सम्बन्धहरूप्रति हाम्रो शान्ति, सहयोग, र पारस्परिक समृद्धिलाई प्रवर्द्धन गर्ने प्रतिबद्धतालाई नवीकरण गर्न चाहन्छौं‚’ उनले भनेका छन् ।’