२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

संबिधान संसोधन बहस - ४

संविधानविद् आचायले भने  :   " संविधान कार्यान्वयनमा त्रुटि देखिए, सच्याउनुपर्छ " 

 'संवैधानिक अभ्यास समीक्षा र संविधान समीक्षा गर्नुपर्ने बेला आयो'

मंगलवार , आश्विन २, २०८०


काठमाडौँ, असोज । संविधानविद् एवं पूर्वराजदूत निलाम्बर आचार्यले नेपालको संविधान कार्यान्वयनमा देखिएका त्रुटिलाई तत्काल सच्याउनुपर्ने बताएका छन् ।   कार्यान्वयनमा राजनीतिक दलहरू चुक्दा संविधानले बाटो बिराएको जस्तो लागेको उनको भनाइ थियो । 

राजनीतिक दलहरूले संविधानको मर्मलाई अंगाल्न नसकेको पनि उनको भनाइ थियो । 

एमालेले आयोजना गरेको ‘सुवास र संविधान’ कार्यक्रममा मंगलबार आचार्यले संवैधानिक अभ्यासको समीक्षा र संविधानकै समीक्षा गर्नुपर्ने बेला आएको बताए ।

अहिले नेपालको संविधान अप्ठ्यारोमा छ । नेपालको संविधानको अभ्यासले बाटो बिराएको जस्तो छ । नेपालका राजनीतिक पार्टी कतिपयले संविधानको मर्मलाई अंगाल्न नसकेको जस्तो छ । 

अहिले संविधान कार्यान्वयनको संवैधानिक अभ्यासको समीक्षा गरेर कहाँ(कहाँ, के- के अप्ठ्यारो पर्‍यो ? सच्याउनुपर्ने बेला भएको छ । हेर्नुपर्ने बेला भएको छ,' उनले भने, '८ वर्षको संवैधानिक अभ्यासको समीक्षा र संविधानकै समीक्षा हुनुपर्नेछ ।'

संविधानको समीक्षा गर्ने कार्यमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले अमूल्य योगदान दिन सक्थे भन्ने आचार्यको भनाइ थियो । 

सबै राजनीतिक दलहरूलाई जोड्नसक्ने क्षमता नेम्वाङमा रहेको र त्यसको अभाव खड्किने उनले बताए । सुवास नेम्वाङले सबैलाई जोडन सक्नुहुन्थ्यो । 

सबैको भनाइलाई एककृत रुपमा एउटा निष्कर्षमा पुर्‍याउन सक्नहुन्थ्यो । त्यो व्यक्तिलाई चाहिँ हामीले गुमायौं,' उनले भने ।

नेम्वाङकै कारण दोस्रो संविधानसभाले नेपालको संविधान निर्माण गर्न सकेको आचार्यको भनाइ थियो । 

संविधानविद् आचार्यले नेम्वाङलाई नेपालको संविधान, लोकतन्त्र, संवैधानिक सर्वोच्चता र कानुनी राज्य मान्ने जोकोहीले पनि सदा सम्झिरहने बताए ।  उनले नेम्वाङले अरुको दबाब, प्रभावको प्रवाह नगरी संविधान निर्माणमा योगदान गरेको स्मरण गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार