२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेम्वाङको पार्थिव शरीर  :  श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा 

मंगलवार , भाद्र २६, २०८०

 

काठमाडौँ, भदौ । एमाले उपाध्यक्ष समेत रहेका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । नेम्बाङको सोमबार राति निधन भएको थियो ।

एमाले उपमहासचिव विष्णु रिमालका अनुसार केही बेरमा पार्टी कार्यालयमा पुर्‍याइनेछ । १२ बजेपछि श्रद्धाञ्जलीको कार्यक्रम राख्ने एमालेको तयारी छ ।

नेम्वाङका दुई छोरा विदेशमा रहेकाले उनीहरू आएपछि मात्र अन्त्येष्टि गरिने बताइएको छ । 

बालुवाटारस्थित निवासमै समस्या भएपछि सोमबार राति उनलाई अस्पताल लगिएको थियो । अस्पताल पुग्दा उनको निधन भइसकेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार