२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

चीनको नयाँ नक्सा 

भारतको अरुणाचल प्रदेश पनि समेटियो  :  " भारतले के भन्यो त ? "

कूटनीतिक माध्यमबाट भारतको विरोध

बुधवार , भाद्र १३, २०८०


काठमाडौँ, भदौ । चीनले जारी गरेको नयाँ नक्सामा भारतको अरुणाचल समेटेपछि समेटिएकोप्रति भारत सरकारले विरोध जनाएको छ।

भारतीय विदेश मन्त्रालयले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'आफ्नो विरोध कूटनीतिक माध्यमबाट चिनियाँ पक्ष समक्ष पुर्‍याइसकिएको छ।

'बीबीसीका अनुसार, भारतीय विदेश मन्त्रालयका प्रवक्ता के अरिन्दम बागचीले सामाजिक सञ्जाल एक्समा (जसलाई यसअघि ट्विटर भनिन्थ्यो) भनेका छन् “आज हामीले कथित ‘प्रचलित नक्सा’लाई लिएर चीनसँग कूटनीतिक तहमा कडा विरोध जनाएका छौँ।”

'यस्तो दाबीको कुनै आधार छैन। चीनको यस्तो कदमले सीमा समस्याको समाधानलाई जटिल बनाउँछ।”

भारतीय कांग्रेस सभापति मल्लिकार्जुन खड्गेले पनि चीनको दाबी आपत्तिजनक रहेको बताएका छन्।

यसअघि सन् २०२३ को एप्रिलमा चीनको नागरिक मामिला मन्त्रालयले अरुणाचल प्रदेशका ११ स्थानको नाम परिवर्तन गर्न अनुमोदन गरेको थियो।

चीनले अरुणाचल प्रदेशको ९० हजार वर्ग किलोमिटर भूभाग दाबी गर्दै आएको छ भने भारतले पश्चिममा रहेको अक्साई चीनको ३८ हजार वर्ग किलोमिटर भूभाग चीनले अवैधरूपमा कब्जा गरेको दाबी गरेको छ।

सीमामा उत्पन्न तनावका कारण तीन वर्षदेखि भारत र चीनबीच सम्बन्ध चिसिएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार