२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मौसम पूर्वानुमान महाशाखा भन्छ

देशभर मनसुनी वर्षा : ' शनिबारदेखि मौसममा सुधार आउने'

'पशिचम क्षेत्रबाट मौसम सुधार हुदैँ जाने '

बिहिवार , भाद्र ७, २०८०

काठमाडौँ,  भदौ । मनसुनी वर्षा अझै तीन दिन जारी रहने छ । शनिबारदेखि भने मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।
     
महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म  झरी जारी रहनेछ । विशेष गरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
     
“आज र भोलि यस्तै झरी रहन्छ, केही समय वर्षा रोकिए पनि घाम लाग्दैन । शनिबारदेखि पशिचम क्षेत्रबाट मौसम सुधार हुदैँ जानेछ”, मौसमविद् पौडेलले  बताए ।  

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
    
 दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङहित भारी वर्षाको समेत सम्भावना छ ।

साथै रातिको समयमा कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । 

शुक्रबार दिउँसो देशभर बदली रही कोशी, बागमती र लुम्बिनी प्रदेशका  केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा  शनिबार पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार