२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

  सर्बोच्चको अदालतको प्रधानन्यायाधीशमा श्रेष्ठ नियुक्त

सोमवार , भाद्र ४, २०८०

 

काठमाडौँ, भदौ ।  कायम मुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश पदमा नियुक्त हुनुभएको छ ।

नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको हो ।

 संसदीय सुनुवाई समितिको आजको बैठकले प्रधानन्यायाधिशमा उहाँको नाम सर्वसम्मत अनुमोदन भएको थियो । 

सन् १९५९ अक्टोबर १६ मा सिलगढी डोटीमा जन्मनु भएका श्रेष्ठले सन् १९८४ देखि सुदूरपश्चिम क्षेत्रीय अदालतमा शाखा अधिकृतका रुपमा सरकारी सेवामा प्रवेश गर्नुभएको थियो ।

श्रेष्ठले सन् २००४ मा गोरखा दक्षिणबाहु तेस्रो र सन् १९९१ मा गोरखा दक्षिणबाहु चौथो प्राप्त गर्नुभएको थियो ।–

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार