२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

अविरल वर्षाले बाढी र पहिराे

देशभरका चार राजमार्ग : " विभिन्न खण्ड पूर्ण र ३४ आंशिक रूपमा अवरुद्ध "

अवरुद्ध रहेका सडक खुलाउने प्रयास जारी : सडक विभाग

बुधवार , श्रावण २४, २०८०

काठमाडाैँ, साउन । वर्षाका कारण देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिकरूपमा अवरुद्ध भएका छन् । आज बिहानसम्म तमोर करिडोर - चतरा मुलघाट,   माझीटार - अमरापुरडाँडा, गणेशचोक-  सडक, भालुवाङ - लिवाङ, रोल्पा - माडीचौर,  दारबोट सडक र धनगढी बुडर स्याउले सडक पूर्णरूपमा अवरुद्ध बनेका छन् ।

तमोर करिडोरको पाँचथरको हेवाखोला र माझीटारमा सडक अवरुद्ध बनेको छ । भालुवाङफलिवाङ रोल्पा - माडीचौर सडक,  प्यूठानको गर्जेनी खण्ड अवरुद्ध रहेकामा खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।

तानसेन रिडी कोरला सडक म्याग्दीमा अवरुद्ध छ । ट्रयाक खोल्ने प्रयास गरिए पनि निरन्तर पहिराका कारण समस्या भइरहेको छ । धनगढी सहजपुर बुडर स्याउले सडक कैलालीको एउटा खण्डमा पूर्णरूपमा अवरुद्ध छ ।

यस खण्डमा झन्डै तीन सय मिटर क्षेत्रमा पहिरो खसेको छ । एक सय मिटर सडक भासिएको विभागले जनाएको छ । सडकको अवरोध हटाउन प्रयास भइरहेको छ ।

बाढीपहिराका कारण अवरुद्ध भएका सडकमध्ये हाल एकातर्फ ३४ सडक चालु रहेका छन् । डुम्रे बेँसीसहर चामे, कोसी राजमार्ग, सिद्धार्थ राजमार्ग, कणार्ली राजमार्ग, राप्ती राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, अरनिको राजमार्ग, तानसेन रिडी कोरला सडकका विभिन्न खण्ड छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार