२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

देशभरको मौसम

मनसुनको चापीय रेखा नेपाल नजिक :  " दैनिक हल्कादेखि मध्यम वर्षा "

देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना

बुधवार , श्रावण २४, २०८०


काठमाडौं, साउन ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। हाल दैनिक हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।  

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक- दुई स्थानमा मेघ गर्जन-चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

अहिले नेपालमा मनसुनी वायुको साथै बङ्गलादेशको उत्तरी भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार