२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

माओवादी केन्द्र बैठक 

अध्यक्ष दाहालको ब्रिफिङ  : " सरकार छोडिन्छ,  भ्रष्टाचार र सुशासनको अभियान छोडिन्न "

'सत्ता गठबन्धन झन् मजबुत हुँदै गएको छ '

बुधवार , श्रावण १७, २०८०

काठमाडौँ, साउन । नेकपा माओवादी केन्द्रको बैठक आजदेखि सुरुभएको छ । बैठकको थालनी गर्दै पार्टी अध्यक्ष  तथा प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धन झन् मजबुत हुँदै गएको बताएका छन ।  

उनले सरकारमा गएर राम्रो काम गरेबापत घेराबन्दी भने जारी रहेको  आफ्ना नेता तथा कार्यकर्ता माँझ बताए ।  

प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका दाहालले  राजनीतिक प्रतिवेदन पेश गरेका छन । उनले सो प्रतिवेदनमा भने,  'पछिल्लो घटनाक्रमबारे  ब्याख्या गरे, उनले भने, ‘गठबन्धन बलियो हुँदै गएको छ‚ सरकारले राम्रो काम गर्दै गएको हुनाले घेराबन्दी भने जारी छ ।’

उनले समाजवादी मोर्चा बनेको र त्यसले पनि काम गर्न झन् सहज भएको बताए । उनले भ्रष्टाचार र सुशासनको अभियान सरकारले चलाइरहेको छ, यो अभियान रोकिँदैन । 

उनले थपे, 'छोड्न परे तयार छौं तर भ्रष्टाचार र सुशासनको अभियान छोडिन्न, रोकिन्न ।'

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार