२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सर्बोच्चत अदालत 

प्रधानन्यायाधीश कार्की तीन दिनपछि अवकाश हुँदै : " नयाँ नियुक्ति गर्न आज बैठक "

मंगलवार , श्रावण १६, २०८०

 

काठमाडौँ, साउन । सर्बोच्च अदालतका प्रधान न्याधीश अब तीनदिनपछि अवकाश हुँदछन । नयाँ  आगामी प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषद्को बैठक  आज बोलाइएको छ । 

बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् । बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको हो । 

बैठकको मिति तय गर्नुअघि गत आइतबार प्रचण्डले प्रमुख प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्ता घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की  यही साउन २इ गते अनिवार्य अवकाशमा जाँदैछन् । खासमा भएका प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिना अगाडि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

तर त्यो व्यवस्था लत्याउँदै समय निकै घर्केपछि संवैधानिक परिषद्को बैठक डाकिएको हो । 

प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिना अगाडि नै घरबिदा लिएर बस्ने चलन छ । तर हालका प्रधानन्यायाधीश कार्की गत महिनामात्रै प्रधानन्यायाधीश नियुक्त भएका थिए । 

उनले प्रधानन्यायाधीशमा नियुक्त हुनुअघि नै अवकाशको पत्र पाएका थिए । अदालतमा न्यायाधीशहरुकोसमेत नियुक्ति नहुँदा फैसलामा ढिलाइ भएको छ । 

संवैधानिक परिषद्को आजको बैठकले नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नेछ । 

कुनै फेरबदल नभए बैठकले वरीयताक्रममा अगाडि रहेका विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार