२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

स्वदेशी उत्पादन 

" सिर्जनात्मक कामलाई सरकारले प्रोत्साहन गर्छ " :  सञ्चारमन्त्री शर्मा

पश्चिमा संस्कृति र खानपानले संस्कार संस्कृतिमाथि धावा

सोमवार , श्रावण १५, २०८०

काठमाडौँ, साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली संस्कृति र स्वदेशी उत्पादनलाई संरक्षण एवं सम्बर्द्धन गर्ने सिर्जनात्मक कामलाई सरकारले प्रोत्साहन गर्ने बताएकी छन ।  

असार १५ खीर खाने दिनका अवसरमा मौलिक भान्साघरद्वारा आज आयोजित खीर महोत्सवमा उनले नेपाली संस्कृति, स्वदेशी उत्पादन, रैथाने बाली र त्यसबाट बन्ने मौलिक खानाको प्रवर्द्धनका लागि सृजनात्मक काम गर्ने व्यक्तिलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

“पश्चिमा संस्कृति र खानपानले स्वस्थ्यमा मात्र हैन संस्कार संस्कृतिमाथि पनि धावा बोलिरहेको छ”, सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री शर्माले थपिन्, , “पढ्दै कमाउँदै देखि ‘एक पालिका, एक उत्पादन क्षेत्र’जस्ता विभिन्न कार्यक्रम अघि बढिरहेको छ । यस्ता कार्यक्रमलाई सहयोग पुग्ने कामलाई सरकारले सहजीकरण र सहकार्य गर्न तयार छ ।”
 
उनले मौलिक भान्छाघरले देशभरका रैथाने बालीको बजारीकरणसँगै मौलिक खानाको व्यवसायीकरणको  अवधारणालाई सातै प्रदेशमा विस्तार गर्न समेत शुभकामना समेत दिएकी छन । 

उनको भनाई थियो, , “नेपाल सरकारले आँटेको, सोचेको नीति तथा कार्यक्रममा ल्याएका विषय वस्तुलाई सहयोग पुग्ने गरेर मान्साघरबाट सिर्जनात्मक काम भइरहेको छ । यो अवधारणा सबै स्थानीय तहमा विस्तार गर्दै लग्नुहोस् ।”

मौलिक भान्छाघरले खीर महोत्सवमा सांस्कृतिक कार्यक्रमसँगै चिनो, कागुनो, गहुँ, फापर र कोदो लगायत रैथाने बालीको सात प्रकारका खीर प्रस्तुत गरेको थियो ।

मन्त्री शर्माले  ७५३ स्थानीय तहमा जोडिन आग्रह गर्दै सिर्जनात्मक कामलाई निरन्तर अघि बढाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

नेपाली संस्कृति र रैथाने उत्पादनको बजारीकरणको अवधारणाबारे प्रशंसा गर्दै उनकाे भनाइ छ,  “नेपाल सरकारले सोचेको नीति तथा कार्यक्रममा ल्याएका विषय वस्तुलाई सहयोग पुग्ने गरेर मान्साघरबाट सिर्जनात्मक काम भइरहेको छ ।” 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार