काठमाडौँ, साउन । गत साउन २ गतेदेखि चलेको नेपाली कांग्रेस केन्द्रिय कार्य समिति बैठक आजदेखि सकिएको छ बैठकको समापन गर्दै सभापति शेरबहादुर देउवाले कार्यसमितिको बैठकमा आफ्नो खासै आलोचना नभएकोप्रति खुसी व्यक्त गरेका छन् ।
बुधबार केन्द्रीय कार्यसमितिको बैठकको अन्त्यमा सम्बोधन गर्दै सभापति देउवाले भने, बैठकमा लामो छलफल भएको, आफ्नो त्यति धेरै आलोचना नभएको भन्दै सदस्यहरु माँझ ठट्यौली पारामा खुसीसमेत व्यक्त गरेका थिए ।
सभापति देउवाले भने, सबैलाई धेरै धेरै धन्यवाद छ । मैले त धेरै आलोचना होला भन्ने ठानेको थिएँ, खासै भएन । त्यसका लागि खुसी लागेको छ ।’
उनले बैठकलाई प्रत्यक्ष प्रसारण गर्दा कांग्रेसमा कोहीभन्दा कोही कम रहेनछ भनेर सबैलाई प्रस्ट भएको बताए । ‘वास्तवमा हामीले धेरै विषयमा जीवन्त किसिमको छलफल गरेका छौँ ।
आज दुनियाँलाई थाहा भयो कि नेपाली कांग्रेसमा कोहीभन्दा कोही कम छैन भनेर सबैलाई प्रस्ट भएको छ,’ उनले भने ।
सभापति देउवाले पार्टीले सबै सहिदहरूप्रति सम्मान व्यक्त गरे । ‘देशभरिबाट धेरैको योगदानबाट पार्टी यो ठाउँमा पुगेको छ । पार्टीले सबैप्रति सम्मान गर्दछ,’ उनले भने, ‘पार्टी र देशलाई योगदान पुर्याउने सबै व्यक्तिहरूलाई हाम्रो सम्मान छ ।
पार्टीलाई विशेष सहयोग पुर्याउने व्यक्तिहरुलाई हामीले पार्टी कार्यालयमा फोटो राखेर पनि सम्मान गर्नुपर्छ ।’