२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रतिनिधिसभा बैठकमा सांसदले भने  

सुन पक्राउ प्रकरण   : "  भरिया र चालक पक्राउ, दोषीलाइ चाहीँ जोगाउने ? " 

बुधवार , श्रावण १०, २०८०

काठमाडौँ, साउन । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन । 
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद हरि ढकालले सामुदायिक विद्यालयमा दिवा खाजा कटौती गरिएकामा आपत्ति जनाए । 

दिवा खाजा कटौतीको प्रस्ताव फिर्ता नगरे रास्वपाले कडा निर्णय गर्ने दिन आउने उनको भनाइ थियो ।

सांसद रामहरि खतिवडाले नेपाललाई तस्करको स्वर्गभूमिका रुपमा स्थापित गर्न खोजेको पछिल्लो सुन प्रकरणबाट देखिएकाले यसको सत्यतथ्य सार्वजनिक गर्न माग गरे ।  एउटा भरिया र चालकलाई पक्राउ गरेर दोषीलाई जोगाउन नहुने उनको भनाइ थियो ।

सांसद वीना जयसवालले तराई क्षेत्रमा खानेपानीको समस्या भएको उल्लेख गर्दै पानी बिना छट्पटाइरहेकालाई केन्द्र र प्रदेश सरकारले पनि ध्यान दिनुपर्ने बताए ।  

मधेसमा आपत आएका बेला यसको समाधान गर्न स्थानीय सरकारसँग माथिल्ला दुई तहका सरकारले पनि हातेमालो गर्नुपर्ने उनको भनाइ थियो । 

सांसद राजेन्द्र बजगाइँले गोरुलगायत पशु अकालमा मरिरहेकामा कृषि मन्त्रीको ध्यान नगएकाले यस विषयमा काम गर्नुपर्नेमा जोड दिए ।  

सांसद ठाकुर गैरेले पशुपतिनाथमा लगाइएको जलहरीको सुनको चर्चा संसद्मा चलाएर विमानस्थलमा सुन तस्करीको योजना बनेको आरोप लगाए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार