२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

बीपी स्मृति दिवस

'सरकार जनताको पक्षमा काम गरिरहेको छ' : उपप्रधानमन्त्री खड्का

शनिवार , श्रावण ६, २०८०

 

काठमाडौँ, साउन । वर्तमान सरकार देश र जनताको पक्षमा काम गरिरहेको उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बताएका छन् । उनले भने,  'सरकार र राजनीतिक शक्तिले जनतामा थप विश्वास जाग्ने काम गर्नसके मात्रै बीपी कोइरालाप्रति सच्चा सम्मान हुन्छ । '

बीपी स्मृति दिवसका अवसरमा शनिबार सुन्दरीजलस्थित बीपी संग्रहालयमा आयोजित समारोहमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले भने, ुवर्तमान सरकार बीपी कोइरालाबाट प्रेरित भएर लोभ र डरमुक्त भई देश र जनताको पक्षमा काम गरिरहेको छ ।

संविधानमा सुनिश्चित गरिएका नागरिकका सबै अधिकार र सामाजिक न्यायका काम बीपी कोइरालाको सिद्धान्तअनुरुप भएको उनको भनाइ थियो ।

बीपी कोइरालाले नागरिकलाई अधिकारसम्पन्न बनाउन बेला(बेलामा कठोर निर्णय लिने गरेको स्मरण गर्दै उपप्रधानमन्त्री खड्काले अहिले पनि कुनै कठिन राजनीति निर्णय गर्दा होस वा पार्टी र सरकार सञ्चालन गर्दा आफूहरूले बीपी कोइरालालाई सम्झेर निर्णय गर्ने गरेको बताए ।

वर्तमान संविधानले नागरिकका धेरै अधिकार सुरक्षित गरेको बताउँदै उपप्रधानमन्त्री खड्काले अब सरकार र राजनीतिक शक्तिहरूले जनतामा थप विश्वास जगाउने गरी काम गर्न सके बीपी कोइरालाप्रति सच्चा सम्मान एवम् श्रद्धाञ्जली हुने धारणा राखेका थिए ।

शनिबार ४१ औँ बीपी स्मृति दिवस कांग्रेसले विभिन्न कार्यक्रम गरी मनाइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार