२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

 राप्रपाले भन्याे   ः   " सेनाको संख्याकाे विषयमा बहस निरर्थक र  दुःखद् "

बुधवार , श्रावण ३, २०८०

काठमाडौँ, साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली सेनाको विषयमा अकारण निरर्थक बहस सिर्जना गर्न खोजिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार विज्ञप्ति जारी गर्दै योजनाबद्ध रुपमा स्वघोषित बुद्धिजीवी तथा केही राजनीतिक दलका जिम्मेवार नेताहरूबाट नै नेपाली सेनाको संख्या घटाउनु पर्ने र सेनाविहीन राज्यको परिकल्पना जस्ता विषयहरूमा बहस चलाउनु रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण रहेको बताएका छन् । 

राज्यको आर्थिक भार घटाउने प्रशस्तै उपायहरू विद्यमान छन् र यसबारे राप्रपा बहस गर्न तयार छ । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र एकताको पक्षमा इतिहासको कठिनतम कालखण्डमा समेत प्रतिबद्ध रहेको नेपाली सेनालाई कमजोर बनाउने गरी बहसकेन्द्रित गरिनु हुँदैन,ु उनले भने ।

लिङ्देनले सेनाको विषयमा भइरहेको बहस बेमौसमी भएको बताएका छन् । 

विज्ञप्तिमा नेपालको एकीकरणदेखि विश्वमा शान्ति कायम गर्ने कार्यमा समेत अलग पहिचान बनाएको, विकास निर्माण, सिमानाको रक्षा, सामरिक महत्व, वन्यजन्तु संरक्षण, हिमाली पर्वतमालाहरूलाई स्वच्छ राख्ने चुनौतीपूर्ण कार्यदेखि आन्तरिक सुरक्षा र विपद्को समयमा समेत प्रभावकारी ढंगबाट आफ्नो जिम्मेवार भूमिका निर्वाह गरिरहेको उल्लेख छ ।

ुनेपाली सेनालाई अस्थिर राजनीतिबाट सिर्जित घरेलु परिवेश र सामाजिक अराजकताका कारण राज्य कमजोर हुँदै गइरहेको वर्तमान अवस्थामा सेनाको भूमिकाउपर बेमौसमी बहस गरिनु दुःखद् र आपत्तिजनक छ,ु विज्ञप्तिमा उल्लेख छ । 

कुनै पनि देशको सैनिक संगठन भूराजनीति र सामरिक आवश्यकतालाई दृष्टिगत गरी गठन हुने भएकाले नेपाली सेनालाई आफ्नो दायित्वबाट विमुख गराइने कुनै पनि प्रयासलाई राप्रपाले किमार्थ स्वीकार नगर्ने राप्रपाले जनाएको छ ।

ुसेनाको संख्या कटौतीको बेमौसमी बहसलाई अन्त्य गरी बलियो, अनुशासित र गौरवशाली संस्थाको रुपमा नेपाली सेनालाई अक्षुण्ण राख्न सबैको साझा प्रतिबद्धताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी हार्दिक आह्वान गर्दछ,ु राप्रपाले भनेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार